arrow

ऋषभ पन्तले शतक बनाउँदै राखे कीर्तिमान, भारत हार नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३० शुक्रबार
rishav-pant-2424.jpg

काठमाडौं । भारतीय विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले कीर्तिमान बनाएका छन् । दक्षिण अफ्रिकाविरुद्ध बिहीबार तेस्रो टेष्ट क्रिकेटका क्रममा नटआउट रहँदै शतक बनाएपछि उनले कीर्तिमान बनाएका हुन् । 

केपटाउनमा जारी तेस्रो टेष्टमा १३९ बलमा सय रन बनाएपछि उनी दक्षिण अफ्रिकामा शतक बनाउने पहिलो एसियाली टिमका सदस्य बनेका छन् । उनले ४ छक्का र ६ चौका लगाएका थिए । 

यसअघि मुख्य प्रशिक्षक राहुल द्रविडले पन्तको खराब सटबारे कुरा गर्ने बताएपछिको खेलमा पन्तले भारतको मान राखेका हुन् । 

२४ वर्षे पन्तले सन् २०१०–११ मा भारतीय पूर्वकप्तान एवं विकेटकिपर महेन्द्र सिंह धोनीले सेन्चुरियनमा बनाएको ९० रनको रेकर्ड तोडेका हुन् । 

उनले यसअघि सन् २०१८ मा इङल्याण्डको ओभलमा (११४ रन) र अष्ट्रेलियाको सिड्नीमा सन् २०१९ मा (१५९ रन नटआउट) बनाएका थिए । 

यो खेलमा भारत हार नजिक पुगेको छ । 

भारतले २१२ रनको सामान्य विजयी लक्ष्य दिएकामा तेस्रो दिनको समाप्तिसम्म दक्षिण अफ्रिकाले २ विकेटको नोक्सानीमा १०१ रन बनाएको छ । यसअघि भारतले पहिलो इनिङ्समा २२३ र दोस्रो इनिङ्समा १९८ रन बनाएको थियो । 

जवाफमा पहिलो इनिङ्समा दक्षिण अफ्रिकाले २१० रन बनाएको थियो । आज चौथो दिनको खेलमा कीगान पिटरसन ४८ रनबाट अगाडि खेल्नेछन् । 

जितका लागि दक्षिण अफ्रिकालाई मात्र १११ रनको आवश्यक छ । यसअघि भएको पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिका विजयी भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ