पार्टी परित्याग गरेका जनप्रतिनिधिलाई कारवाहीको माग गर्दै अध्यक्ष प्रचण्डले दायर गरेको रिटको सुनुवाइ हुँदै
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
1.2k
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई कारवाहीका लागि माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज विहीबार हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दायर गरेको रिटमा सुनुवाइ हुन लागेको हो ।
माओवादी केन्द्रबाट निर्वाचित भइ पार्टी परित्याग गरेका जनप्रतिनिधिलाई कारबाहीको माग राखेर अध्यक्ष प्रचण्डले दायर गरेको मुद्दा अन्तरिम आदेशले बदर गरिदिएको थियो। त्यसपछि प्रचण्डले उक्त आदेश बदर गरि पाउँ भन्दै सर्वोच्चमा रिट दिएका थिए।
माओवादी केन्द्रका तर्फबाट निर्वाचित भइ पछिल्लो समय अन्य दलमा सामेल भएको भन्दै माओवादीले स्थानीय तहका केही जनप्रतिनिधिलाई कारबाही गरेको थियो।