arrow

बाटो खन्दा पहिरो जाँदा डोजर पुरियो, तीन जना बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
dozer.jpg
तस्बिर– फाइल

धादिङ । धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजर पनि पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राकेश सिंहले जानकारी दिए ।

सिंहका अनुसार चालक, सहचालयक र उपभोक्ता समितिका एक जना बेपत्ता रहेको प्रारम्भिक जानकारी आए पनि विस्तृत विवरण आइसकेको छैन ।

खोज र उद्धारका प्रहरी टोली परिचालन भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ