arrow

प्रशिक्षणको नाममा एउटा कार्यालय हुँदाहुँदै अर्को खोल्ने तयारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २४ शनिबार
sanghiya-mamila-tatha-samanya-prasasan-mantralaya.jpg
तस्बिर– फाइल

काठमाडौं । प्रशिक्षणको नाममा एउटा कार्यालय हुँदा हुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तै प्रकृतिको अर्को कार्यालय खोल्ने भएको छ  । संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठको चाहनामा मन्त्रालयले जनप्रनिधिहरूलाई संघीयताको विषयमा तालिम दिने नाममा छुट्टै प्रशिक्षण प्रतिष्ठान खोल्ने तयारी गरेको हो ।

सरकारी कर्मचारीलाई प्रशिक्षण दिन संघीय मातहतमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) हाल सञ्चालनमा छ । तर मन्त्रालयले संघीयताको बारेमा प्रशिक्षण दिन भन्दै अर्को प्रशिक्षण प्रतिष्ठान खोल्ने तयारी गरेको हो । 

मन्त्रालय स्रोतका अनुसार जनप्रतिनिधिहरूलाई संघीयताको विषयमा तालिम दिने उद्धेश्यले संघीय मामिला प्रशिक्षण प्रतिष्ठान खोल्ने तयारी भएको छ । यसका लागि कानूनको मस्यौदासमेत तयार भएको मन्त्रालय स्रोतको भनाइ छ । तर विज्ञहरू भने अर्को प्रशिक्षण प्रतिष्ठान खोल्नु भन्दा स्टाफ कलेजलाई नै त्यस काममा  प्रयोग गर्नु उपयुक्त हुने सल्लाह दिएका छन् । 

स्टाफ कलेजले हाल विभिन्न तहमा सरकारी कर्मचारीहरूलाई विभिन्न विषयमा तालिम दिँदै आएको छ । मन्त्रालय स्रोतका अनुसार सरकारले खोल्ने प्रशिक्षण प्रतिष्ठानमा संघीयता कार्यान्वयन तथा तीन तहका सरकारबीच भएको अन्तरसम्बन्धका विभिन्न विषयमा अध्ययन गर्ने उद्धेश्यले प्रशिक्षण प्रतिष्ठान खोल्ने मन्त्रालयको तयारी हो । 

संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठको चाहनामा यस्तो प्रशिक्षण प्रतिष्ठान खोल्न लागिएको मन्त्रालयका एक कर्मचारी बताउँछन् । 

मन्त्री श्रेष्ठको चाहनामा मन्त्रालयको पुनःसंरचनाका लागि एउटा कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले मन्त्रालयको नाम नै फेर्न सुझाव दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ