arrow

ऋषभ पन्तको खेलप्रति द्रविडलाई आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २३ शुक्रबार
rishabh-pant.jpg
तस्बिर– फाइल

काठमाडौं । दक्षिण अफ्रिका विरुद्धको दोस्रो टेष्ट क्रिकेटमा भारत पराजित भएपछि प्रशिक्षक राहुल द्रविड तनावमा छन् । उनले खेलाडीहरुको प्रदर्शनलाई लिएर प्रश्न उठाएका छन् । 

उनले विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तको प्रदर्शनलाई लिएर प्रश्न खडा गरेका हुन् । उनले खेल हारेपछि पत्रकार सम्मेलनमा भने, ‘मलाई थाहा छ पन्त एक कमालका ब्याट्सम्यान हुन् । उनी सकारात्मक खेल्छन् । उनी खास तरिकाले ब्याटिङ गर्छन् । हालका दिनमा यसले उनलाई सफलता पनि मिलेको छ । तर हरेक पटक त्यही खेल खेल्नु हुँदैन ।’

द्रविडले अगाडि भनेका छन्, ‘निश्चित रुपले यसबारेमा उनीसँग कुरा गर्नेछु । त्यो सट खेल्ने समय र खेलको परिस्थितिलाई लिएर उनीसँग चर्चा गर्नेछु ।’

जोहानेसबर्गमा भएको खेलका क्रममा भारतको स्कोर ४ विकेटको नोक्सानीमा १६३ रन थियो । पन्तले कागिसो रबाडाको बलमा अगाडि बढेर खेल्न खोजे तर बल सही टाइममा नहुँदा विकेटकिपरलाई क्याच दिए । उनले रनको खाता पनि खोल्न सकेनन् । उनी तीन बलमा ० रनमा आउट भएका हुन् । 

यो दोस्रो इनिङको घटना थियो । पहिलो इनिङ्समा पन्तले ४३ बलमा १७ रन बनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ