arrow

भारत २९ वर्षपछि जोहानेसबर्गमा पराजित, राहुलको कप्तानी डेब्यु फ्लप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २३ शुक्रबार
FIbkNPjVUAQzcU8.jpg

काठमाडौं । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भारत २९ वर्षपछि पराजित भएको छ । घरेलु टोली दक्षिण अफ्रिकाले दोस्रो टेष्ट क्रिकेटमा भारतलाई हराएको हो । भारत ७ विकेटले पराजित भएको हो । 

सन् १९९२ मा भएको पहिलो टेष्टमा भारतले खेल बराबरी गरेको थियो । यो खेलअघि भारतले उक्त मैदानमा ५ टेष्ट खेलेको थियो । जसमा २ जित र ३ बराबरी भएको थियो । 

२९ वर्षमा उक्त मैदानमा दक्षिण अफ्रिकाले भारतलाई हराउन सकेको थिएन । तर बिहीबार हार्न पुग्यो ।  कप्तान लोकेश राहुलको कप्तानी डेब्युसमेत फ्लप भएको छ । यद्यपि उनले पहिलो इनिङ्समा ५० तथा दोस्रो इनिङ्समा ८ रन बनाएका थिए । 

भारतले दिएको २४० रनको विजयी लक्ष्य दक्षिण अफ्रिकाले ३ विकेटको नोक्सानीमा पूरा गर्यो । कप्तान डीन इल्गरले नटआउट रहँदै ९६ रन बनाए । भान डेर डुसेनले ४० रन जोड्दा एडिन मार्क्रमले ३१ रन बनाए । 

भारतका मोहमद शामी, शार्दुल ठाकुर र रविचन्द्र आश्विनले १–१ विकेट लिए । 

यसअघि पहिलो इनिङ्समा भारतले २०२ रन जोडेको थियो भने दक्षिण अफ्रिकाले अलआउट हुँदै २२९ रन बनाएको थियो । 

दोस्रो इनिङ्समा भारतले २६६ रन जोडेपछि दक्षिण अफ्रिकाले सामान्य लक्ष्य पाएको थियो ।

यस जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको श्रृंखलामा १–१ को बराबरी गरेको छ ।  पहिलो खेलमा भारत विजयी भएको थियो । अन्तिम खेल ११ जनवरीदेखि केप टाउनमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ