arrow

भारतले ६२ रनमै रोक्यो न्यूजिल्याण्डलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १८ शनिबार
india-nz-test-2nd-2021.jpg

काठमाडौं । भारतले दोस्रो टेष्ट क्रिकेटको पहिलो इनिङ्समा न्यूजिल्याण्डलाई ६२ रनमै रोकेको छ । मुम्बईमा भइरहेको टेष्टमा पहिले ब्याटिङ गरेको भारतले मायांक अग्रवालको १५० रनको मद्धतले ३२५ रन बनायो । 

उक्त खेलमा न्यूजिल्याण्डका बलर एजाज पटेलले एकै इनिङ्समा भारतीय क्रिकेट टिमका सबै १० विकेट लिएर रेकर्ड बनाए । तर न्यूजिल्याण्डले आफ्नो इनिङस त्यत्तिकै नराम्रो खेल्यो ।

दुई खेलाडीले मात्र दोहोरो स्कोर जोडेको इनिङ्समा कायल जमाइसनले सर्वाधिक १७ तथा कप्तान टम लाथमले १० रन बनाए ।

न्यूजिल्याण्डलाई २८.१ ओभरमै अलआउट गर्ने क्रममा रविचन्द्रन आश्विनले ४, मोहम्मद सिराजले ३, अक्षर पटेलले २ तथा जयन्त यादवले १ विकेट लिए । 

जवाफमा भारतले दोस्रो इनिङ्स पनि थालेको छ । पहिलो खेल बराबरीमा सकिएको थियो ।

भारतले अन्तिम दिन न्यूजिल्याण्डका ९ विकेट ढाले पनि पूरा विकेट ढाल्न नसक्दा बराबरीमै चित्त बुझाएको थियो ।

यो खेल भने पूर्णत भारतकै नियन्त्रणमा गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ