arrow

एकै इनिङ्समा भारतका १० विकेट लिएर रेकर्ड बनाए पटेलले 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १८ शनिबार
ajaz-patel-nz-cricket-10wkt.jpg

काठमाडौं । न्यूजिल्याण्डका बलर एजाज पटेलले एकै इनिङ्समा भारतीय क्रिकेट टिमका सबै १० विकेट लिएर रेकर्ड बनाएका छन् । उनले भारतको मुम्बईमा जारी दोस्रो टेष्टको पहिलो इनिङ्समा भारतका सबै विकेट लिन सफल भएका हुन् । 

भारतीय भूमिमा कुनै पनि स्पिनरको यो ऐतिहासिक प्रदर्शन हो । उनले भारतका सबै विकेट लिने क्रममा केबल ११९ रन दिएका थिए । एकै इनिङ्समा टेष्टमा सबै १० विकेट लिने उनी न्यूजिल्याण्डका एक्ला खेलाडी हुन् । 

पटेल भारतीय मुलकै खेलाडी हुन् । उनी मुम्बईमा जन्मिएका थिए । 

यसअघि न्यूजिल्याण्डका ज्याक नोरिगाको नाममा ९५ रन दिएर सन् १९७१ मा ९ विकेट लिएको रेकर्ड थियो । त्यस्तै सन् १९८५ मा रिचर्ड हेड्लीले ५२ रन दिएर ९ विकेट लिएका थिए । 

दोस्रो टेष्टको पहिलो इनिङमा भारतले ३२५ रन बनाएको छ । ओपनर मायांक अग्रवालले १५० रन बनाएका छन् । अक्षर पटेलले५२ रन बनाए । 

जवाफमा न्यूजिल्याण्डले पनि लगातार विकेट गुमाउन थालेको छ । २७ रन बनाउँदा ४ विकेट गुमाएको छभ । मोहम्मद सिराजले ३ तथा अक्षर पटेलले १ विकेट लिएका छन् । 

यसअघिको पहिलो टेष्ट बराबरीमा सकिएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ