arrow

हेटौंडामा कांग्रेस अधिवेसन : ईन्द्र बानियाँ भन्छन् मेरो जित पक्का छ

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
indra-baniya.jpg

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका उम्मेदवार ईन्द्र बानियाँले आफ्नो जीत पक्का रहेको बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवा समूहबाट प्रदेशको कांग्रेस संसदीय दलका नेता समेत रहेका बानियाँले आज उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिँदै प्रदेशको सभापतिमा आफ्नो जित पक्का रहेको बताए ।

उनले भ्रम र लोभको खेती गर्ने र जनतालाई झुक्याउने कम्युनिष्टको अन्त्य गर्न र जनताको बीचमा कांग्रेसलाई स्थापित गर्ने अभियानमा कांग्रेस रहेको बताउँदै गरिब र निमुखा जनताको मनमनमा बसेर कांग्रेस अघि बढ्ने उनले बताए ।

द्वन्द्वको बाटोमा हिँडेको माओवादी र धर्मलाई लिएर अघि बढेको राप्रपालाई समेत मिलाएर अघि बढेको कांग्रेसले केही आन्तरिक विवादहरु सजिलै टुंग्याउँदै लान सक्ने पनि उनले बताए ।

हेटौंडाको वन विज्ञान अध्ययन संस्थाको खेल मैदानमा हिजोदेखि कांग्रेसको प्रदेश अधिवेसन शुरु भएको छ । उता वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट जगदीश्वरनरसिंह केसीले पनि सभापतिमा उम्मेदवारी दिएका छन् । त्यस्तै कृष्णप्रसाद सिटौला समूहबाट भीमशेनदास प्रधानले उम्मेदवारी दर्ता गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ