arrow

चितवनमा बरालिएको एमालेले खतराको संकेत गरेको छ, कांग्रेसले ठीक ठाउँमा ल्याउनुपर्छ : गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
Gagan-thapa-ktm.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कांग्रेसको आगामी नेतृत्वले बरालिएको एमालेलाई ठीक ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा ल्याउनुपर्ने बताएका छन् ।

आइतबार नेपाली कांग्रेस काठमाडौं जिल्ला अधिवेशनको उदघाटनलाई सम्बोधन गर्दै नेता थापाले हिजो हतियारको राजनीतिमा लागेको माओवादीलाई ठीक बाटोमा ल्याएजस्तै बरालिएको एमालेलाई पनि कांग्रेसले ठीक पार्न सक्ने नेतृत्व आवश्यक भएको औंल्याएका हुन् ।

एमालेले पार्टीभित्रको जनवाद सकाएकाले अब प्रजातन्त्र पनि सक्न लागेको भन्दै थापाले एमालेलाई ठिक बाटोमा ल्याउन कांग्रेसको भूमिका महत्वपूर्ण हुने दाबी गरे ।

चितवनबाट एमाले नराम्रोसँग बरालिएको टिप्पणी गर्दै थापाले कांग्रेसको १४औं महाधिवेशनबाट आउने नेतृत्वले एमालेलाई लोकतान्त्रिक बाटोमा हिंडाउन सक्ने बताए ।

नेता थापाले चितवनबाट एमालेको जनवाद सकिएको र केपी ओलीको ‘डनवाद’ शुरु भएको टिप्पणी गरे । एमालेको १०औं महाधिवेशनले लिएको नीति, योजना तथा कार्यदिशालाई कांग्रेसले शुक्ष्म रुपले अध्ययन गर्नुपर्ने उनको भनाइ थियो ।

थापाले भने,‘एमाले अध्यक्ष ओलीले कम्बोडियाको मोडेल नेपालमा लागू गर्ने बाटो अवलम्वन गर्न खोजेको बताउँदै अहिले भीम रावललाई जसरी लखेटिरहेका छन् त्यो ठ्याक्कै कम्बोडियाका हुन्‌सेन्‌ कै मोडेल हो, यसबाट कांग्रेस चनाखो हुनुपर्छ ।’ यस्तो अवस्थामा संविधान र व्यवस्था जोगाउन एमालेसँगै कांग्रेसले जुध्नुपर्ने दिन नजिक आएको थापाको बुझाइ थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ