arrow

कांग्रेस धादिङ-१ ‘क’ को सभापतिमा कुँवर र ‘ख’ मा रुपाखेती विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
Dhading congress.jpg

धादिङ । नेपाली कांग्रेस धादिङ क्षेत्र नं. १ को दुवै प्रदेश निर्वाचन क्षेत्रमा रामनाथ अधिकारीको प्यानल विजयी भएको छ ।

सोमबार भएको मतदानबाट प्रदेश निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा राजकुमार कुंँवर र ‘ख’ मा विष्णुप्रसाद रुपाखेती निर्वाचित भएका छन् ।

कुंँवरले २३० मत र उनका प्रतिद्वन्दी श्याम रेग्मीले २१९ मत प्राप्त गरे । यस्तै, रुपाखेतीले २६७ मत र उनका उनका प्रतिद्वन्दी रामहरि कंडेलले १५५ मत प्राप्त गरे । 

धादिङ १ को अधिवेशन भने मंसिर ८ गते हुने बताइएको छ । यसैबीच धादिङ क्षेत्र नं.२ को दुवै प्रदेश निर्वाचन क्षेत्रमा आज निर्वाचन हुँदैछ ।

नेता भीमप्रसाद ढुंगानाको समूहबाट क्षेत्र नं. १ को सभापतिमा रविसुधन थापा र क्षेत्र नं. २ को सभापतिमा दीपक कोइरालाले प्यानलसहित उम्मेदवारी दिएका छन् । 

यस्तै, क्षेत्र नं. २ ‘क’ मा ऋषिकुमार श्रेष्ठ र ‘ख’ मा रणबहादुर तामाङले प्यानलसहितल उम्मेदवारी दर्ता गराएका छन् ।

यता, नेता रामनाथ अधिकारी समूहले नं. १ को सभापतिमा कुमार बहादुर सिंखडा, क्षेत्र नं. २ को सभापतिमा राकेश धमलाले प्यानलसहित उम्मेदवारी दिएका छन् ।

यस्तै, प्रदेशसभा क्षेत्र नं. २ ‘क’ मा होमबहादुर गुरुङ ‘ख’ हरि तामाङले प्यानलसहित उम्मेदवारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ