माओवादी केन्द्रले एकैदिन सक्यो देशभर वडा सम्मेलन, आइतबारसम्म विवरण सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ४ शनिबार
968
Shares
तस्बिर–माओवादी केन्द्र कृष्णपुर नगरपालिका वडा नं २ को प्रथम वडा अधिवेशनबाट सहमतिका आधारमा चयन भएका पदाधिकारी प्रमाणपत्रसहित ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले शनिबार देशैभर वडा सम्मेलन सम्पन्न गरेको छ । वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन भएका छन् । वडा सम्मेलन उत्साहजनकरूपमा सम्पन्न भएको माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
सम्मेलन सम्पन्न भएका वडाको तथ्याङ्क सङ्कलन भइरहेको र आइतबारसम्म त्यसको विवरण सार्वजनिक हुने उनले बताए । प्राविधिक कारणका कारण केही वडामा सम्मेलन हुन नसकेको र आइतबारसम्म सबै वडामा नयाँ नेतृत्व चयन हुने उनले बताए ।
माओवादीले शनिबारका लागि देशरभका छ हजार ७४३ वडामा सम्मेलन आयोजना गरेको थियो । पछिल्लो समय साङ्गठनिक सुदृढीकरणमा जुटेको माओवादीले यही मङ्सिर ११ गते पालिका सम्मेलन गर्ने तयारी गरेको छ ।
यस्तै, यही मङ्सिर २५ गते प्रदेश सम्मेलन हुनेछ । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । रासस