arrow

प्रदेशका नागरिकलाई स्वास्थ्य सेवाबाट आश्वस्त पार्नुपर्छ : मन्त्री लामा

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ मंसिर २ बिहिबार
nima-lama-e1637149558427-1024x573.jpg

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले प्रदेशका नागरिकलाई स्वास्थ्य सेवाबाट आश्वस्त पार्नुपर्नेमा जोड दिएका छन् । मन्त्रालयमा बुधबार मन्त्रालय अन्तरगतका विभिन्न तहको कार्यसम्पादनबारे जानकारी लिंदै मन्त्री लामाले स्वास्थ्य मन्त्रालयले प्रदेशका नागरिकलाई स्वास्थ्य सेवाबाट आश्वस्त पार्नुपर्नेमा जोड दिए ।

उनले यसका लागि आफु नीतिगत र प्रशासनिक समस्या समाधान गर्न तत्पर रहेको बताउँदै सोही अनुसार कार्यसम्पदानमा जुट्न निर्देशन पनि दिएका छन् ।

प्रदेशको स्वास्थ्य सुधारका लागि केही नविनतम सोचको खाँचो रहेकाले मन्त्रालय र सम्बन्धित तहबाट सहकार्य हुनुपर्ने उनको भनाई थियो । कोभिड महामारीबाट अझै पनि प्रदेशमुक्त नभईसकेको अवस्थामा कोरोनाविरुद्धको खोप, उपचार र जोखिम न्यूनिकरणको कामलाई प्रभावकारी ढंगले संचालन गर्न उनको निर्देशन थियो ।

मन्त्री लामाले स्वास्थ्य क्षेत्रका चुनौतिलाई अवसरको रुपमा लिएर प्रदेशलाई स्वास्थ्य सेवाका दृष्टिकोणले अब्बल बनाउन आफ्नो कार्यकाल सदुपयोग गर्ने बताए । उनले सुधार सानो कामबाटै थाल्नुपर्ने भन्दै स्वास्थ्य संस्थाहरुको सरसफाईमा विशेष ध्यान दिन निर्देशन दिए ।

स्वाथ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठ, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक डा.अर्जुन सापकोटा, स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक रागश्री कक्षपति, जवस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक नारायणबहादुर कार्की, स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख बसन्त अधिकारी लगायतले आफ्नो कार्यालयले गरेका काम, आगामी योजना भोगेका समस्या र समाधानका लागि गर्नुपर्ने कामहरुबारे प्रस्तुतिकरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ