arrow

औद्योगिक क्षेत्र प्रदेश सरकार मातहतमा आए बन्द उद्योग खुल्छ : मुख्यमन्त्री पाण्डे

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ मंसिर १ बुधबार
cm-pandye-gharelu-1024x768.jpg

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले औद्योगिक क्षेत्र प्रदेश सरकारको नेतृत्वमा आउनुपर्ने बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशको दोस्रो अधिवेशन तथा महिला उद्यमी समिति दोस्रो सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश सरकार उद्योग प्रति प्रतिबद्ध रहेको बताउदै प्रदेश भित्र रहेका सबै औद्योगिक क्षेत्र प्रदेश सरकारको नेतृत्व आउनेपर्ने बताएका हुन् ।

उनले औद्योगिक ऐन र नीति आवश्यक रहेको उल्लेख गर्दै आफु उद्योगी नभएपनि २०४८ सालमा तत्कालीन मनमोहन अधिकारी नेतृत्व छायाँ सरकारको वाणिज्य तथा आपूर्ति मन्त्री रहदाँ आफुले उद्योगी व्यवसायीहरु समस्या, चुनौती र उद्योग क्षेत्रबारे बुझेको बताए ।

'बागमती प्रदेशमा रहेका ४ वटा औद्योगिक क्षेत्रलाई प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्री र गृहमन्त्री ज्युलाई आग्रह गरेको छु, प्रदेश मातहतमा आयो भने बन्द रहेका उद्योग सञ्चालन गरि सबै उद्योगलाई संरक्षण गरी नियमित संचालन गर्ने वातावरण सिर्जना गरिनेछ', उनले भने । कार्यक्रममा उनले प्रदेश स्तरीय उद्योग निति र लगानी बोर्डको निर्माण गरी विदेशी लगानी भित्र्याउने समेत बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ