arrow

हेटौंडामा पिकअपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ मंसिर १ बुधबार
Screenshot_20211117-073317_Messenger.jpg

हेटौंडा । मकवानपुरको हेटौंडामा मंगलबार राति दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका ९ स्थित हनुमान गेट नजिक पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । 

करिब १ बजेको समयमा बाराबाट हेटौंडा आइरहेको ना ३ च ११९३ नम्बरको पिकअप भ्यानले विपरित दिशाबाट गइरहेको ना ३४ प ६०४४ मोटरसाइकललाई ठक्कर दिँदा मकवानपुरको मकवानपुर कैलाश गाउँपालिका–४ का २४ वर्षीय अविरल रिजाल घाइते भएका भएको र उनलाई उपचारको लागि हेटौंडा अस्पतालमा पुर्याएपछि केहीबेरमा डाक्टरले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने पिकअप भ्यान र चालक नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ