arrow

हेटौंडामा बन्दको सामान्य प्रभाव, सवारी फाट्टफुट्ट

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ कार्तिक ३० मंगलबार
htd.jpg

हेटौंडा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव हेटौंडामा पनि परेको छ । हेटौंडामा मंगलबार बिहानैदेखि सार्वजनिक सवारीहरू कम चलेका छन् । निजी मोटरसाइकल फाट्टफुट्ट गुडेका छन् ।

अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु भने गुडिरहेको देखिन्छ । हेटौंडा बजारका सवेरै खुल्ने पसलहरु खुलेका छैनन् । मंगलबार बिहानै हेटौंडाको बुद्दचोकमा विप्लवका केहि कार्यकर्ता जम्मा भई नारावाजी गरेका थिए । 

कुनै अप्रिय घटना नहोस् भन्नका निम्ति हेटौंडामा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पेट्रोलियम पदार्थ सहितका दैनिक उपभोग्य वस्तुहरुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न भन्दै बन्द आह्वान गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ