१३औं महाधिवेशनपछि कांग्रेस कमजोर भयो अब सक्षम नेतृत्व खोजौं : नेता सिंह
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
2k
Shares
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले १३औं महाधिवेशनपछि कांग्रेस कमजोर भएको बताएका छन् ।
उनले प्रजातन्त्र बचाउन पनि पार्टीको नेतृत्व सक्षम व्यक्तिको हातमा पुर्याउनुपर्ने बताउँदै १४औं महाधिवेशनमा पार्टी सभापतिमा आफूले उम्मेदवारी दिने पुनः दोहोर्याए ।
काठमाडौं महानगर पार्टी समितिलाई सम्मान तथा बधाई ज्ञापन गर्न सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले कांग्रेस कमजोर भएको मौकामा कम्युनिष्टले दुईपटक संसद भंग गरेको बताए ।
‘कुन नेताको के हैसियत थियो भन्ने कुरा सबैलाई थाहा छ। लुकाएर लुक्ने कुरा होइन,’ सिंहले भने, ‘आगामी दिनमा राष्ट्रिय राजनीति हाँक्न कांग्रेसको १४ औं महाधिवेशनमा म पार्टी सभापतिको उम्मेदवारको रूपमा उभिन्छु’ उनले भने ।
उनले सभापति उम्मेदवार हुनुमा आफ्नो कुनै व्यक्तिगत चाहना नभएको बताउँदै प्रजातन्त्रका लागि आफूले दुःख, कष्ट गरेर आएको स्पष्ट पारे ।