arrow

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, थपिए कांग्रेस र माओवादीबाट दुई मन्त्री

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
received_622245418805322-1024x461.jpeg

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले गठबन्धनको दुई जना प्रदेशसभाका सदस्यहरुलाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र कांग्रेस संसदीय दलकी सचिव नीमा लामालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले जम्मकट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रीमा र लामालाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीद्वय जम्मकट्टेल र लामालाई प्रदेश प्रमुख शर्माले बिहीबार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । यसअघि दुवै मन्त्रालय मुख्यमन्त्री आफैले सम्हाल्दै आएका थिए ।

यस्तै मुख्यमन्त्री पाण्डेले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय पनि सम्हालेका छन् । उक्त मन्त्रालयको जिम्मा भने हाल कसैलाई पनि दिएको छैन । थप एक मन्त्री थपिएसँगै बागमतीमा मुख्यमन्त्री पाण्डेको नेतृत्वमा ५ सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको छ ।

यसअघिको गत कात्तिक ११ गते मुख्यमन्त्री पाण्डेको नेतृत्वमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । त्यस बखत प्रदेशको सामाजिक विकास मन्त्रालयको जिम्मा कुमारी मोक्तान, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मा कृष्णलाल भडेल र आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मा कृष्णप्रसाद खनाललाई दिइएको थियो ।

उनीहरु सबै जनाले आ–आफ्नो मन्त्रालय सम्हाल्दै आएका छन् । यद्यपि बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारले अझै पूर्णता पाउन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ