arrow

बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, १८ घाइते

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
accident-final-1618290232.jpg

हेटौंडा । हेटौंडामा सवारी दुर्घटना भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११ नवलपुरस्थित सडकमा मंगलबार राति बस र ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

जनकपुर बाट काठमाडौंतर्फ जादै गरेको ना ७ ख ८७६ नम्बरको यात्रु बाहक बस र बिपरित दिशाबाट आउदै गरेको प्रदेश २ –०३००१ ख ५०३५ नम्बरको खाली ट्रक राति हेटौंडा उपमहानगरपालिका –११ स्थित नवलपुरमा एक आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा ३०–३५ बर्षीय र २०–२५ बर्षीय दुई जना पुरुषको मृत्यु भएको र उनीहरुको नाम ठेगाना खुलिनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन् ।

उनीहरुको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । घटनामा बस चालकको मृत्यु भएको छ भने ट्रक चालक बारा निजगढ-४ पुरानोटोल बस्ने ३३ वर्षीय टंक बहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा १८ जना घाईते भएका छन् । उनीहरुको हेटौंडास्थित सहकारी अस्पताल, चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ