arrow

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै, बस्दै बागमती प्रदेशसभा बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
rajendra-pandey-bagmati-cm.jpg

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सोमबार विश्वासको मत लिने भएका छन् । उनी यही कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका थिए । सरकार गठन भएको ३० दिनभित्र प्रदेशसभामार्फत विश्वासको मत लिनुपर्ने प्रावधान छ ।  

प्रदेशसभा बैठक सोमबार दिउँसो ३ बजे बस्ने र सोही बैठकमा नै विश्वासको मत लिने प्रक्रिया सुरु गरिने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । 

“भ्याएसम्म विश्वासको मत लिने सबै प्रक्रिया आजै सकिन्छ, नभ्याए मात्र बाँकी प्रक्रिया भोलिका लागि सर्छ”, उनले भने । प्रदेशसभामा १०९ सदस्यमध्ये ५९ का समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेले सजिलैसँग विश्वासको मत प्राप्त गर्ने देखिन्छ । 

विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्रीलाई ५५ मत आवश्यक पर्छ । सत्तागठबन्धनमा रहेका दलहरुसँग ५९ मत कायम छ ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ  । 

यसअघि मुख्यमन्त्रीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । 

यसअघि नेकपा एमालेका तर्फबाट अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् । तर एमाले फुटेपछि उनले विश्वासको मत लिन सकिनन् र अल्पमतमा परेपछि विश्वासको मत लिने दिन राजीनामा दिइन् । 

अहिले अहिले गठबन्धन दलबाट नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेतासमेत रहेका पाण्डे मुख्यमन्त्री बनेका छन् । 

सहमति अनुसार बाँकी रहेको कार्यकालको आधा समय पाण्डेले र त्यसपछिको आधा समय नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री हुनेछन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ