arrow

देउसी समूहलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, केही गम्भीर घाइते, बसमा आगजनी

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ कार्तिक २१ आइतबार
Screenshot_20211106-225017_Facebook.jpg

हेटौंडा । हेटौंडा १९ नेवारपानीमा देउसी खेलिरहेको समुहलाई गाडीले ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त भएको छ ।

शनिबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको रजैया सडकखण्डमा गुडिरहेको बसले देउसे टोलीलाई किचेको प्रत्यक्षदर्शीले बताएका छन् । 

घटनामा ७–८ जना गम्भीर घाइते भएको स्थानीयको भनाइ छ । घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् ।

हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी खेलिरहेकालाई ठक्कर दिएको हो । 

थप विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ