arrow

कैलाश गाउँपालिका अध्यक्षलाई निलम्बन गर्न अदालतको पत्र

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
kailad.jpg

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानलाई निलम्बन गर्न विशेष अदालत काठमाडौँले पत्र पठाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असोज १५ गते भ्रष्टाचार अभियोगमा अध्यक्ष मोक्तानसहित कर्मचारीहरुविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।

असोज १७ गते नै अध्यक्ष मोक्तानलाई निलम्बन गर्न बिशेष अदालत काठमाडौँले पत्र पठाए पनि सो पत्र गाउँपालिकाको कार्यालयमा कार्तिक ९ गते मात्रै दर्ता भएको हो । त्यसयता अध्यक्ष मोक्तान गाउँपालिकाको कार्यालय गएका छैनन् ।

हाल उपाध्यक्ष सुकुमाया थिङले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । 

एमालेबाट निर्वाचित अध्यक्ष मोक्तान एमाले विभाजनपछि हाल नेकपा समाजवादीमा प्रवेश गरेका थिए । उनी नेकपा समाजवादी मकवानपुरका नेतासमेत हुन् ।

गाउँपालिकाले पत्रकारिता तालिम सन्चालन गरे बापत आफू निकट एक मिडिया कम्पनीलाई लाखौं रकम दिएको थियो । अनियमितता गरेको भन्दै अध्यक्ष विरुद्ध अदालतमा मुद्दा परेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ