arrow

काँग्रेसमा पुस्तान्तरण हैन, रूपान्तरण आवश्यक छ : नेता पौडेल

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
248949563_864459207769105_7743993287862736442_n-768x384.jpg

हेटौँडा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा पुस्तान्तरण भन्दा रूपान्तरणको बढी आवश्यकता रहेको भन्दै पार्टीले सही विधि र पद्धति मिलाएर काम गर्नुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस मकवानपुरले मङ्गलवार हेटौँडामा आयोजना गरेको शुभ दीपावली, छठ र नेपाल स्वमतका अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता पौडेलले वर्तमान सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति पनि आलोचना गरे । पार्टीभित्र पुस्तान्तरणको बढी बहस हुने गरेको भन्दै उनले रूपान्तरण भएर मात्र जनताको मन जित्न सक्ने तर्क गरे ।

साढे पाँच वर्षको अवधिसम्म पनि काँग्रेसले आफ्नो पार्टी भित्रको चुनाव गराउन नसकेको भन्दै अन्य चुनावमा भाग लिन सक्छ कि सक्दैन ? भन्दै प्रश्न गरे । पार्टीको क्रियाशील सदस्यको विवाद अझै नटुङ्गिएकोप्रति पनि उनले असन्तुष्टि पोखे ।

प्रजातन्त्र र लोकतन्त्रको रक्षा गर्न नसक्ने भन्दै उनले काँग्रेसले त्यसको जिम्मा लिन सक्ने हुनुपर्नेमा जोड दिए । काँग्रेस कमजोर भए लोकतन्त्र र गणतन्त्र कमजोर हुने उनको तर्क थियो । पार्टीमा थोरै मान्छे लिएर पाटी कब्जा गर्ने परिपाटी त्याग्न नेतृत्वलाई सुझाव दिए । काँग्रेसको महाधिवेशनमार्फत सबल नेतृत्व स्थापित गर्नुपर्नेमा उनको जोड थियो ।

नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा कार्यक्रम भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ