विवाह समारोहमा गीत बजाएको भन्दै तालिबानद्वारा १३ जनाको हत्या
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
688
Shares
फाइल तस्बिर
काबुल। अफगानिस्तानमा तालिबानको आतङ्क दिनहुँ बढ्दै गइरहेको छ। हाल मात्रै तालिबानले अर्को नरसंहार गरेको छ। विवाह समारोहमा गीत बजाएको भन्दै तालिबानले १३ जनाको हत्या गरेको छ।
पूर्व उपराष्ट्रपति अमरुल्लाहले यसको जानकारी दिएका हुन्। सङ्गीतको विरोधमा तालिबान पहिले देखिनै रहेको छ। अगस्ट महिनामा मात्रै तालिबानले टेलिभिजनमा महिलाहरूलाई गीत गाउन प्रतिबन्ध लगाएको थियो।
सालेहले ट्विटमा लेखेका छन्, "नांगरहारमा तालिबानले १३ जनालाई बिहेमा सङ्गीत बजाएको अभियोगमा हत्या गरिदिएको छ। पछिल्लो २५ वर्षदेखि तालिबानले यही ट्रेनलाई आत्मसाथ गरेको छ। जसले अफगानिस्तानको संस्कृतिलाई नष्ट गरेको छ।"