arrow

हेटौँडा-कुलेखानी सडक तीन दिनका लागि दैनिक ४ घण्टा बन्द हुने

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
kulekhani-sadak.jpg

हेटौँडा। हेटौँडा-भीमफेदी-काठमाडौं सडक तीन लागि बन्द गरिने भएको छ । मकवानपुरको कुलेखानी सडक खण्डमा स्तरोन्नति गर्न दैनिक ४ घण्टा सवारीसाधन आवतजावतमा रोक लगाइने यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशले जनाएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात पूर्वाधार निर्देशनालयले बिहीबार एक सूचना जारी गर्दै भीमफेदी–कुलेखानी सडक खण्डमा कात्तिक १३ गतेदेखि कात्तिक १५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन बन्द हुने जनाएको हो ।

निर्देशनालयका  निर्देशक डा. सहदेव भण्डारीद्वारा जारी सूचनामा भीमफेदी गाउँपालिका–६ जुरीखेतदेखि चिसापानीगढी बिचको एघार घुम्ती क्षेत्रमा सडक साँघुरो, उच्च ग्रेडियन्ट तथा घुम्ती क्षेत्रमा अष्फाल्ट कङक्रिट पेभमेन्ट कार्य हुने भएकोले तीन दिन ४ घण्टा सबै प्रकार (सुमो, मोटरसाइकल, स्कुटर, बस, ट्याक्टर आदी ) का सवारीसाधनमा रोक लगाउने भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ