arrow

सत्ता गठबन्धन सहमति : बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै

आलोपालो सरकार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
rajendra-pandey.jpg
फाइल तस्बिर

काठमाडौँ। पाँच दलीय सत्ता गठबन्धनका बिचमा बागमती प्रदेशमा आलोपालो सरकार सञ्चालन गर्ने सहमति बनेको छ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको पाँच दलीय गठबन्धनको सहमति अनुसार पहिले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बागमतीको मुख्यमन्त्री बन्ने भएका हुन्। त्यसपछि नेपाली काँग्रेसका प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ बागमतीको मुख्यमन्त्री बन्ने छन्।

‘गठबन्धनमा सहमति बन्यो, आलोपालो सरकारको सहमति भएको छ, बागमती प्रदेशमा आजै सरकार परिवर्तन हुन्छ,’उच्च स्रोतले हाम्रा कुरासँग भन्यो।

यो सहमतिसँगै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद जाने पक्का भएको हो। उनले अहिले हेटौँडा स्थित प्रदेश सभा बैठकमा विश्वासको मत लिँदै छिन्।

बैठक भर्खरै सुरु भएको छ।  बैठकमा सहभागी हुन नेकपा एमालेका प्रदेश सांसदहरूसमेत प्रदेश सभामा गएका छन्।

अहिले सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री शाक्यलाई प्रदेशसभामा विश्वासको मत लिनका लागि समय दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ