arrow

नेपाली कांग्रेसबाट मन्त्रीको टुंगो, केही बेरमा सपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
nc-party-office.png

काठमाडौं। नेपाली कंग्रेसले पार्टीबाट मन्त्री बन्नेहरुको टुंगो लगाएको छ । कांग्रेसबाट डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी र उमाकान्त चौधरी मन्त्री बन्ने भएका हुन्।

रिजाललाई रक्षा, बडुलाई कानुन, रेग्मीलाई महिला बालबालिका तथा चौधरीलाई खानेपानी मन्त्री बनाइने कांग्रेस स्रोतले बताएको छ।

यसैगरी यसअघि कानुन मन्त्री रहेका ज्ञानेन्द्र बहादुर कार्की संचार मन्त्री बन्दै छन्। कांग्रेसबाट हाल सरकार गृह र परराष्ट मन्त्री यथावत रहने छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई मन्त्री नियुक्त गरेपछि आजै केही बेरमा सपथ गरिने तयारी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ