मन्त्रीहरुको नाम अन्तिम टुंगो लगाउँदै कांग्रेस, को-को बन्दैछन मन्त्री ?
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २० बुधबार
2.1k
Shares
काठमाडौ । सत्तारुढ गठबन्धनमा मन्त्रीको संख्या र मन्त्रालयको भागबन्डा टुंङ्गिएसँगै मन्त्री बन्नका लागि नेताहरुको दौडधुप बढेको छ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ७ मन्त्रालय पाउने सहमति अनुसार अब तीनदेखि चार मन्त्री कांग्रेसबाट सरकारमा भित्रीन सक्छन ।
काग्रेस भित्र रामचन्द्र पौडेल समूहबाट दुई जना र कृष्णप्रसाद सिटौला समुहबाट एक जना मन्त्री बन्दैछन् । पौडेल समूहबाट दिलेन्द्र बढु, डा.मिनेन्द्र रिजाल र तेजुलाल चौधरी मध्य दुई जना मन्त्री बन्ने छन् ।
यसैगरी सिटौला समूहबाट नेता भीमसेनदास प्रधान र उमाकान्त चौधरी मध्ये एक जना मन्त्री बन्ने पक्का छ । यस्तै कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो समूहबाट नेतृ पुष्पा भुसाललाइ मन्त्री बनाउने तयारी गरेका छन् । उनी कानुन मन्त्री बन्ने चर्चा छ ।
यसैगरी हालका कानुनीमन्त्री ज्ञानेन्द्रबहादुर कार्की संचार मन्त्री बन्ने चर्चा छ । कांग्रेसले अब संचार मन्त्रालयसहित, स्वास्थ्य र महिला बालबालिका मन्त्रालय पाउने सहमति सत्ता गठबन्धन भित्र छ । तर अर्को एक मन्त्रालयसमेत बढ्न सक्ने नेताहरुले बताएका छन । हाल सरकारमा प्रधानमन्त्रीसहित कांग्रेसबाट गृह, कानुन र परराष्ट्रमन्त्री सरकारमा सहभागी छन ।