मन्त्रीको नाम टुंगाउन सिटौला समूहको बैठक बस्दै, गगन थापालाई पनि बोलाइयो
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २० बुधबार
684
Shares
काठमाडौं । आफ्नो समूहको तर्फबाट मन्त्रीको नाम टुंगो लगाउन कांग्रेस भित्रको कृष्ण सिटौला समूहको बैठक बस्दैछ । सिटौलाले अहिले १ बजे जमलको यल्लो प्यागोडा होटलमा आफ्नो समुहका नेताहरुलाइ छलफलका लागि बोलाएका हुन् ।
बैठकमा नेताहरु गगन थापा, भीमसेनदास प्रधान, प्रदिप पौडेल, उमाकान्त चौधरी र शिव हुमागाइलाई बोलाइएको छ । सो समूहबाट मन्त्रीका लागि नेता प्रधान र चौधरी चर्चामा छन् ।
दुई मध्ये एकको नाम टुंगो लगाएर सिटौलाले आजै मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालार्इ बुझाउने तयारी गरेका छन ।थापालाई यसअघि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको कार्यक्रममा पनि बोलाइएको थियो । उक्त कार्यक्रममा सहभागी भएका थापाले क्याम्प परिवर्तन गरेको भनी समाचारहरु सार्वजनिक भएका थिए । सम्भवत भोलि बिहीबार मन्त्री परिषद बिस्तार हुनेछ ।