रमेश लेखकको क्षेत्रमा विभिन्न पार्टी परित्याग गरी तीनसय जना कांग्रेसमा प्रवेश
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
931
Shares
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको निर्वाचन क्षेत्र कंचनपुर-३ को दोधरा चादनी नगरपालिकामा तीनसय जना नेता तथा कार्यकर्ताहरु नेकपा एमाले, माओबादी र राप्रपा परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।
नेपाली कांग्रेस दोधरा–चादनी नगर समितीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका बीच नेता लेखकले नवप्रबेशीहरुलाई नेपाली कांग्रेसको साधारण सदस्यता प्रदान गरि स्वागत गरेका थिए।
पछिल्लो समय नेता लेखकको निर्वाचन क्षेत्रमा बिभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रबेश गर्ने लहर नै चलेको छ। यसभन्दा पहिला पनि बिभिन्न समयमा हजारौ कार्यकता नेपाली कांग्रेसमा प्रबेश गरिसकेका छन।
पार्टी प्रबेश कार्यक्रममा नेता लेखकले नव प्रबेशीहरुलाई कुनै काखा पाखा नगरी सम्मानजनक हिसाबले क्षमता अनुसार जिम्मेवारी दिने प्रतिबद्धता जाहेर गरेका छन् ।
नव प्रवेसीहरुले नेपाली कांग्रेसले मात्र बिकास र समृद्धि ल्याउन सक्ने भएको र कम्युनिस्टहरुले जनतालाई भ्रम र झुठको खेती मात्र गर्ने भएकाले पार्टी परित्याग गरि नेपाली कांग्रेसमा आएको बताए।