काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिकाको अधिवेशनमा पूर्व महामन्त्री प्रकाशमान सिंह निकट नीलकाजी शाक्यको प्यानल नै विजयी भएको छ । शाक्यले ७८६ मत ल्याएका छन् ।
सिंहको समूहबाट उम्मेदवार बनेका शाक्यले सभापति शेरबहादुर देउवा र भीमसेनदास प्रधान समूहबाट उम्मेदवार बनेका प्रगतिमान रञ्जितलाई पराजीत गरेका हुन् । उनले भने ३२९ मतमात्र ल्याए ।
त्यस्तै उपसभापतिमा सुशीला ढकाल र सन्तकुमार महर्जन विजयी भएका छन् ।
यसैगरी सचिवमा सुशन वैद्य र पुरषोत्तम खकुरेल विजयी भए । सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर विजयी भएका छन् ।