arrow

नेपालमा संक्रमण दर १९ प्रतिशत, ९ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ८ शुक्रबार
corona-variant.jpg

काठमाडौँ । नेपालमा संक्रमण दर १९ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशभर सक्रिय संक्रमित २० हजार २८७ रहेका छन् । 

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा नौको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ८१ जनाको निधन भइसकेको छ । 

पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला नौ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला २० रहेका छन् । पाँच सयभन्दा बढी संक्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की र रुपन्देही रहेका छन् । 

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ४७६ कोरोना संक्रमित थपिएका छन् । १५ हजार ६९० जनामा कोरोना परीक्षण गर्दा एक हजार ४७६ जनामा संक्रमण पाइएको हो । 

पछिल्लो २४ घण्टामा एक हजार ५५० जनाले संक्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म संक्रमण मुक्त हुने कूल सङ्ख्या सात लाख ५८ हजार ५०४ रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६.०३ प्रतिशत रहेको छ । 

हाल देशभर ३४७ सघन उपचार कक्ष (आइसियु), १०५ भेन्टिलेटर, १८ हजार ९६९ होम आइसोलेसन, एक हजार ३१८ संस्थागत आइसोलेसन र २४४ जना क्वारेनटिनमा रहेका छन् ।

आज कोरोना भाइरस विरुद्धको खोप एक लाख ७२ हजार ५९० जनाले लगाएका छन् । अहिलेसम्म ६३ लाख ८० हजार ५८६ जनाले पहिलो मात्रा र ५९ लाख ४६ हजार २२ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ