arrow

खतरा संक्रमणको

नेपालमा कोरोना संक्रमित नभएको दाबी, भारतमा चार दिनमा ३१ को मृत्यु

सचेतना अपनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २० मंगलबार
corona-virus-covid-19.jpg

काठमाडौँ । कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिइरहेको छ । कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलने र क्षति पनि बढी गर्ने खालको भएको भन्दै विश्वभर चिन्ता भइरहेको छ । 

छिमेकी राष्ट्रहरुमा तीव्र रुपले कोरोना फैलिइरहँदा नेपालमा भने एक जना पनि संक्रमित नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले अहिलेसम्म एक जनामा पनि संक्रमण नभएको बताए । 

पीसीआर परीक्षण गरेर अहिलेसम्म कसैमा पनि कोरोना नभेटिएको उनले बताए । 

फैलन सक्ने संक्रमण रोक्न गरिएका तयारीका बारेमा उनले भारतीय सीमा क्षेत्रमा कडाइ गरिएको बताए । 

त्यसैगरी अस्पतालहरुलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको जानकारी दिए । 

कोरोनाका संक्रमित कोही पनि नभएको दाबी स्वास्थ्य मन्त्रालयले गरिरहे पनि अहिले कोरोनाका लक्षण लिएर अस्पताल पुग्नेको भीड बढेको विशेषज्ञ चिकित्सकहरु बताउँछन् । 

विशेषगरी लामो समयसम्म रुघाखोकी निको नहुने, ज्वरो आउने, शरीर दुख्ने लगायतका समस्या लिएर बिरामीहरु चिकित्सकलाई देखाउन पुग्ने गरेका छन् । 

डा बुढाथोकीले कोभिड प्रोटोकललाई सबैले फेरि अपनाउन आग्रह गरेका छन् । 

भारतमा चार दिनमा ३१ जनाको मृत्यु
खुला सीमा भएको छिमेकी भारतमा कोरोना तीव्र रुपले बढेको छ । हालसम्म कोरोनाबाट भारतमा ३८ जनाको मृत्यु भइसकेको छ । पछिल्लो ४ दिनमा ३१ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

सक्रिय संक्रमितको संख्या चार हजार २६ पुगिसकेको छ । यसमध्ये ५० प्रतिशत मामला केरल र महाराष्ट्रमा रहेका छन् । 

केरलमा १ हजार ४१६ तथा महाराष्ट्रमा ४९४ जना रहेका छन् । अहिलेसम्म भारतमा २ हजार ७०० लाई निको भइसकेको छ । 

संक्रमित तीव्र रुपमा बढेसँगै दिल्लीको आरएमएल, सफदरगन्जसमेत अन्य अस्पतालहरुले तयारी थालिसकेको जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ