मन्त्री खड्कालाई अमेरिका र चीनको बधाई, मिलेर काम गर्न तयार
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
598
Shares
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई अमेरिका र चीनले बधाई दिएका छन् ।
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी र चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा खड्कालाई बधाई दिंदै द्विपक्षीय हितका विषयमा मिलेर काम गर्न आफूहरु तयार रहेको उल्लेख गरेका छन् ।
अमेरिकी राजदूत बेरीले कोरोना भाइरस नियन्त्रण, जलवायु परिवर्तनलगायत द्विपक्षीय हितका विषयमा मिलेर काम गर्न आफू तयार रहेको ट्वीटमार्फत जनाएका हुन् ।
नेपालका लागि चिनियाँ राजदूले यान्छीले द्विपक्षीय हित र नेपाल–चीनबीच सम्बन्ध थप उचाइमा पुर्याउन नजिक भएर काम गर्ने जनाएकी छिन् ।