arrow

नेपालमा कोरोना संक्रमण दर १९.१ प्रतिशत 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ६ बुधबार
corona-variant.jpg

काठमाडौँ । नेपालमा संक्रमण दर १९ दशमलव एक प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित २१ हजार १३९ जना रहेका छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला नौ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला २१ छन् । 

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ४७८ कोरोना भाइरस संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले १३ हजार ९३० वटा नमुना परीक्षण गर्दा एक हजार ४७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । 

पछिल्लो २४ घण्टामा एक हजार ६३० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कूल सङ्ख्या सात लाख ५५ हजार ६३० छ । नेपालमा संक्रमणमुक्त हुने दर ९५ दशमलव नौ प्रतिशत छ । 

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा छ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ५९ जनाको निधन भइसकेको छ । हाल देशभर ३३४ जना सघन उपचार कक्षमा, ११९ जना भेन्टिलेटरमा, १९ हजार ८०५ जना होम आइसोलेसन, एक हजार ३३४ जना संस्थागत आइसोलेसन र २४३ जना क्वारेनटिनमा छन् ।

बुधवार एक लाख ५६ हजार १८ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा ६२ लाख ६२ हजार ८७० र पूर्ण मात्रा ५७ लाख ५२ हजार ८५३ जनाले लगाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ