ठुलो देश अमेरिकाले ठुलो दिल देखाउन तालिबानको आग्रह
तालिबानद्वारा मानवीय सहयोग उपलब्ध गराउने अन्तर्राष्ट्रिय समुदायप्रति धन्यावाद व्यक्त
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
904
Shares
अफगानिस्तान । तालिबानले संयुक्त राज्य अमेरिकालाई ठुलो दिल देखाउन आग्रह गरेको छ ।
तालिबान सरकारका कार्यवाहक परराष्ट्र मन्त्री अमिर खान मुत्तकीले मङ्गलवार मानवीय सहयोग पुर्याउने अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिँदै यस्तो बताएका छन् ।
धन्यवाद ज्ञापन गर्दै उनले अमेरिका ठुलो देश भएकाले ठुलो दिल देखाउन समेत आग्रह गरे।
यस सङ्कटको घडीमा लाखौँ डलर बारावरको मानवीय सहयोग पारदर्शी रूपमा लक्षित समुदायलाई पुर्याइने प्रतिबद्धता जनाएका छन्।