arrow

सरकार बनाउन राजेन्द्र पाण्डेले थाले गठबन्धन दलसँग समन्वय 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २८ सोमबार
rajendra-pandey.jpg

वाग्मती । नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ ।

 पार्टीको सोमवार बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको नेकपा संसदीय दलले जनाएको छ । 

सोमवार बसेको बैठकले दलको उपनेतामा प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री कृष्णप्रसाद खनाललाई चयन गरेको छ । खनाललाई मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकास मन्त्री बनाएकी थिइन्। 

उनले निर्वाचन आयोगमा एकीकृत समाजवादी रोज्ने भन्दै सनाखत गरेका थिए भने त्यसको भोलिपल्ट मन्त्री पदबाट राजीनामा दिएका थिए । 

सोमवारको बैठकले प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा वसुन्धरा हुमागाईँलाई सर्वसम्मत रूपमा चयन गरेको नेकपा(एकीकृत समाजवादी) वाग्मती प्रदेशका नवनियुक्त सचेतक हुमागाईँले जानकारी दिए । 

संसदीय दलको हिजो बसेको पहिलो बैठकले राजेन्द्रप्रसाद पाण्डेलाई दलको नेतामा चयन गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ