- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । डिजिटल प्रविधिको प्रयोग बढेसँगै विद्युतीय माध्यमबाट फोनमा रिचार्ज गर्नेको संख्यामा वृद्धि भएको छ । नेपाल टेलिकमको पछिल्लो विवरण अनुसार कुल रिचार्जको ४२ प्रतिशत विद्युतीय माध्यमबाट हुने गरेको पाइएको हाे ।
नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले प्रविधिको प्रयोग बढेसँगै विद्युतीय तरिकाले रिचार्ज अथवा 'टपअप' गर्नेको अनुपात बढेको बताएका हुन् ।
खासगरी दुरसञ्चार सेवा सुरू भएयता नै बजारबाट रिचार्ज कार्ड किनेर कोट्याएर प्रयोग गर्ने चलन रहेकाे छ ।
यद्यपि, पछिल्लाे समय यीमध्ये ४२ प्रतिशतसम्मले विद्युतीय माध्यमबाट, जस्तै: अनलाइन बैंक, डिजिटल भुक्तानी सेवा प्रदायक, एटीएमलगायतका माध्यमबाट रिचार्ज अथवा टपअप गर्ने गरेका हुन् ।
कोभिड१९ को महामारी अघि २५ प्रतिशत रहेको यो अनुपात महामारीसुरुभएसँगै बढेर अहिले ४२ प्रतिशत पुगेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।