arrow

मौसम सफा हुने 

logo
रासस,
प्रकाशित २०७८ भदौ १५ मंगलबार
weather-ktm-kathmandu-metro-sky.jpg

काठमाडौँ । विगत केही दिनदेखि सक्रिय रहेको मनसुन कमजोर भई मौसम सफा हुने भएको छ ।  नेपालको तराई भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर सरेकाले मनसुन मंगलवार केही कमजोर भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका मौसमविद् सविना शाक्यले अनुसार अब केही दिन मनसुन कमजोर रहने भएकाले निरन्तरको भारी वर्षाको सम्भावना छैन । “बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका बिहानपख मौसम सफा हुने तथा मध्याह्नतिर बदली भई हल्कादेखि मध्यम वर्षा हुनेछ,” उनले भनिन् । 

हाल देशभर सामान्य बदली  रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभर सामान्य बदली रही केही  स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै वाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित भारी वर्षाको सम्भावना छ । 

बुधबार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना औँल्याएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलवार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । 

त्यस्तै मंगलवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम २९ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ