काठमाडौँ । माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) को संसदीय दल गठनका लागि आइतबारको बैठकले संसदीय दलको नेता चयन गर्ने भएको छ ।
यही भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको नेकपा (एकीकृत समाजवादी) को पहिलो पटक बसेको यस बैठकले सो दलको संसदीय दलको नेता चयन गर्ने सांसद कृष्णलाल महर्जनले बताए ।
बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ ।