arrow

इङ्गल्याण्ड सामु भारत निरीह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
india-england-test-20211.jpg

काठमाडौं । इङ्गल्याण्ड विरुद्धको तेस्रो टेष्ट क्रिकेटमा भारत निरीह देखिएको छ । लिड्समा जारी खेलमा घरेलु टोलीले फराकिलो अग्रता लिएको छ । दोस्रो दिनको खेलसम्म इङ्गल्याण्डले ३४५ रनको अग्रता बनाइसकेको छ । 

इङ्गल्याण्डले दोस्रो दिनको खेल सकिँदा ८ विकेटको नोक्सानीमा ४२३ रन बनाएर खेलिरहेको छ । कप्तान जो रुटले १२१ रन बनाए । उनको यो २३ औं टेष्ट शतक हो ।

यस्तै डाविड मालनले ७०, हासिब हामिदले ६८ तथजा रोरी बुर्न्सले ६१ रन बनाए । तेस्रो दिनको खेलमा शुक्रबार २४ रनमा नटआउट रहेका क्रेग ओभर्टनलाई रनको खाता नखोलेका ओल्ले रोबिनसनले साथ दिनेछन् । 

भारतका लागि मोहमद शामीले ३, तथा मोहमद सिराज र रविन्द्र जडेजाले २–२ विकेट लिए ।

यसअघि भारत भारत ७८ रनमा रोकिएको थियो । भारतले लज्जास्पद ब्याटिङ्ग प्रदर्शन गरेको थियो ।

७८ मै रोकियो भारत, यस्तो बन्यो खराब रेकर्ड

पाँच खेलको सिरिजमा भारत १–० ले अघि रहेको छ । पहिलो टेष्ट बराबरीमा सकिँदा दोस्रो टेष्टमा भारतले १५१ रनको जित निकालेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ