arrow

७८ मै रोकियो भारत, यस्तो बन्यो खराब रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ९ बुधबार
india-england-test-2021.jpg

काठमाडौं । इङ्गल्याण्ड विरुद्धको तेस्रो टेष्ट क्रिकेटमा भारतले लज्जास्पद प्रदर्शन गरेको छ । लिड्सको घरेलु मैदानमा इङ्गल्याण्डले शानदार बलिङ्ग गरेसँगै भारत निकै नै कम योगफलमा समेटिएको हो । 

बुधबार पहिले ब्याटिङ्ग गरेको भारतले ७८ रनमात्र बनाउन सक्यो । भारतले मात्र ४०.४ ओभरमात्र क्रिजमा रहन पाएको थियो । रोहित शर्माले १९ तथा अजिन्क्या रहानेले १८ रन बनाएको इनिङमा तेस्रो ठूलो योगफल भारतले अतिरिक्तका रुपमा १६ रन बनाएको थियो । 

त्यसबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो योगफल जोड्न सकेनन् । तीन खेलाडीले रनको खातासमेत खोल्न सकेनन् । चौथो ठूलो योगफल बनाउने क्रममा इशान्त शर्माले नटआउट ८ रन बनाए । कप्तान विराट कोहलीले ७ रनमात्र बनाए । 

जेम्स एन्डरसन र क्रेग ओभरटनले समान ३–३ विकेट लिए भने ओली रोविनसन र साम कुरानले २–२ विकेट लिए । 

जवाफमा इङ्गल्याण्डले आक्रामक शुरुआत गरेको छ । पाँच खेलको टेष्ट सिरिजमा भारत १–० ले अगाडि छ । पहिलो टेष्ट बराबरीमा सकिएको थियो भने दोस्रो टेष्टमा भारत विजयी भएको थियो । 

यस्तो बन्यो भारतको खराब रेकर्ड
भारतले ७८ रन जोडेसँगै भारतको यो समग्रमा नवौं सबैभन्दा कम स्कोर हो । त्यसैगरी इङ्गल्याण्डविरुद्ध तेस्रो सबैभन्दा कम योगफल हो । भारतको सबैभन्दा कम योगफल अष्ट्रेलियाविरुद्ध गत वर्ष मात्र ३६ रनको हो । 

भारत २६ औं पटक १०० भन्दा कम स्कोरमा आउट भएको छ । 

भारतले सिरिजमा १–० को अग्रता लिइरहँदा यो खेल जितेको भए ३५ वर्ष पुरानो रेकर्डको बराबरी गर्ने मौका हुने थियो । सन् १९८६ मा कपिल देव नेतृत्वको भारतीय टिमले इङ्गल्याण्डलाई २–० ले हराएको थियो । 

त्यसपछि भारतले हराउन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ