arrow

गोपीलाल थामीको अध्यक्षतामा नेपाल थामी संघ केन्द्रीय तदर्थ समिति गठन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ६ आइतबार
thami-final.jpg

काठमाडौं । लामो समयको प्रतिक्षापछि दोलखामा गोपीलाल थामीको अध्यक्षतामा नेपाल थामी संघ केन्द्रीय तदर्थ समिति गठन भएको छ।

दोलखा, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीका लोकतन्त्रप्रति आस्थावान थामी समुदायहरुको राष्ट्रिय भेलामार्फत संघको स्थापना गरेका हुन् । नवगठित तदर्थ समितिको सह-सभापतिमा हस्त थामी, उप-सभापतिमा कर्ण थामी, सचिवद्वयमा कविराज थामी र भक्त थामी र कोषाध्यक्षमा रण वहादुर थामी चयन भएका छन् ।

भेलाले सवै जिल्ला समेटेर अन्य पद र सदस्यहरु रहेको समिति गठन गर्ने निर्णय पनि गरेको छ । थामी जातीको भाषा र संस्कृतिको संरक्षणमा जुटेका अभियन्ता हस्त थामीको सभापतित्वमा भएको भेलामा जिपछिरिङ लामा प्रमुख अथितिको रुपमा सहभागी थिए ।

कार्यक्रममा कांग्रेस दोलखा सभापति रुद्र बहादुर खड्का, रामेछाप सभापति लवश्री न्यौपाने, सिन्धुपाल्चोक सभापति विकास लामा, सिन्धुली सभापति उज्वल बरालले पनि थामी संघलाई शुभकामना दिएका थिए। भेलामा कांग्रेस आबद्ध दोलखाका थामी समुदाय साथै अन्य शुभेच्छुकहरुको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ