arrow

उपत्यकामा ८ सय ९८ संक्रमित थप  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
corona-variant.jpg

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो समय ८९४ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ६०४, ललितपुरमा १८७ तथा भक्तपुरमा १०७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ८६७, भक्तपुरमा एक हजार ४७४ तथा ललितपुरमा दुई हजार २९० रहेको छ । 

पछिल्लो समय देशमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २६ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ४५५ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा   तीन हजार ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ बिरामी थपिएसँगै देशभर सङ्क्रमितको सङ्ख्या आठ लाख २३ हजार ६४७ पुगेको छ । 

थप १० हजार ५३० जनाको पीसीआर परीक्षण तथा सात हजार १२४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर विधिबाट दुई हजार ७९ तथा एन्टिजेनबाट ९६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।     

हालसम्म छ लाख ९३ हजार ५४३ जना कोरोनाबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार २४४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३ दशमलव एक प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३०९ रहेको छ । 

बितेका २४ घण्टमा देशभर एक लाख ८० हजार २८ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर ७१४ सङ्क्रमितको सघनउपचार कक्षमा तथा १७१ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ