arrow

इङल्याण्डविरुद्ध भारतको फराकिलो जित, सिरिजमा अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १ मंगलबार
cricket-india-test-2021.jpg

काठमाडौं । इङल्याण्डविरिुद्धको दोस्रो टेष्ट क्रिकेटमा भारतले फराकिलो जित निकालेको छ । लर्डसको मैदानमा सोमबार राति सम्पन्न खेलमा पाहुना टोली भारत १५१ रनले विजयी भएको हो । 

रोमाञ्चक जितसँगै भारतले पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । पहिलो खेलमा जित नजिक पुगेर पनि भारत खेल वर्षाले प्रभावित भएपछि बराबरीमा सकिएको थियो ।

दोस्रो टेष्टको पहिलो इनिङमा अग्रता लिएर पनि इङल्याण्ड हार्न पुग्यो । सोमबार भारतले ८ विकेटको नोक्सानीमा २९८ रन बनाएर इनिङ समाप्तिको घोषणा गर्दै २७२ रनको विजयी लक्ष्य दिएको थियो ।

जवाफमा इङल्याण्डले कमजोर ब्याटिङ गर्ने क्रममा ५१.५ ओभरमा अलआउट हुँदै १२० रन मात्र बनाउन सक्यो । कप्तान जो रुटले ३३, जोस बट्लरले २५ तथा मोइन अलीले १३ रन बनाए बाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो स्कोर जोड्न सकेनन् । 

पाँच खेलाडीले रनको खातासमेत खोल्न सकेनन् । २९ रन इङल्याण्डले अतिरिक्तका रुपमा पाएको थियो । 

भारतका मोहमद सिराजले ४ विकेट लिए । जस्प्रित बुमराहले ३ तथा इशान्त शर्माले २ विकेट लिए । मोहम्मद शामीले १ विकेट लिए । रविन्द्र जडेजा भने विकेटविहीन रहे । 

यसअघि भारतका लागि दोस्रो इनिङमा जसप्रित बुमराह र मोहम्मद शामीले नवौं विकेटका लागि नटआउट ८९ रनको साझेदारी गरेपछि भारतले २७२ रनको चुनौती दिएको थियो । 

अजिन्क्या रहानेले ६१, शामीले ५६, चेतेश्वर पुजाराले ४५ तथा बुमराहले ३४ रन बनाए । इङल्याण्डका मार्क उडले ३ विकेट लिए । 

यसअघि म्यान अफ द म्याच लोकेश राहुलको १२९ रनको मद्धतले भारतले पहिलो इनिङमा ३६४ रन बनाएको थियो । रोहित शर्माले ८३ तथा कप्तान विराट कोहलीले ४२ रन बनाएका थिए । 

जवाफमा पहिलो इनिङमा इङल्याण्डले कप्तान जो रुटको नटआउट १८० रनको मद्धतले ३९१ रन बनाएको थियो । 

जोनी बेयर्स्टोले ५७, रोरी ब्रुन्सले ४९ रन बनाए । भारतका मोहमद सिराजले ४ तथा इशान्त शर्माले ३ विकेट लिए । 

सिरिजको तेस्रो खेल २५ अगष्टदेखि लिड्समा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ