arrow

उपत्यकामा ७०१ संक्रमित थप, देशभर ३५ जनाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २२ शुक्रबार
corona-variant.jpg

काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रवार ७ सय १ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा ४७१, भक्तपुरमा ८३ र ललितपुरमा १४७ जनामा सङ्क्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै विगत २४ घण्टामा कोभिडका कारण ३५ जनाको निधन भएको छ । अहिलेसम्म कुल १० हजार १९ जना सङ्क्रमणको कारणले निधन भएको हो । 

शुक्रवार देशभर तीन हजार ७२९ जनामा कोभिड-१९ पुष्टि भएको छ ।मन्त्रालयको तथ्याङ्कअनुसार १५ हजार ६७५ मा गरिएको परीक्षणमा तीन हजार ७२९ मा सङ्क्रमण देखिएको पुष्टि भएको हो । 

शुक्रवार थपिएका सङ्क्रमितसँगै सङ्ख्या सात लाख ७७ हजार ५८९ पुगेको छ । सक्रिय सङ्क्रमित ३४ हजार ९४२ जना रहेका छन् । 

विगत २४ घण्टामा एक हजार ८८५ जना निको भई घर फर्किएका छन् । शुक्रवारसँगै कुल छ लाख ६५ हजार ५४८ जना निको भई घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत  छ । 

यसै गरी ७३२ जना सघन उपचार कक्ष (आइसियु), १५८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै ३१ हजार ४२७ जना होम आइसोलेसन, तीन हजार ५१५ जना संस्थागत आइसोलेसन, ३५६ जना क्वारेनटिन रहेका छन् । विगत २४ घण्टामा एक लाख २० हजार ८९९ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ