arrow

दार्चुला घटना : भारतीय पक्षसँग आपत्ति जनाउँदै माओवादी केन्द्रले गर्‍यो छानबिनको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १७ आइतबार
maoist-cpn.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले महकाली नदीमा तुइन तर्ने क्रममा नेपाली नागरिक बेपत्ता हुनु दुःखद रहेको भन्दै  गम्भीर आपत्ति जनाएको छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतवार बसेको स्थायी समितिको बैठकले सो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीका विषयमा छानबीन गर्न सरकारसँग माग गरेको छ । यही साउन १५ गते दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ खाङदाङ मालघाटबाट तुइनको प्रयोग गरी जयसिंह धामीसहितका व्यक्ति भारततर्फको बाटो हुँदै सदरमुकाम खलङ्गा आउने क्रममा भारतीय एसएसबीका जवानले तुइन काटिदिएकाले धामी महाकाली नदीमा खसेर बेपत्ता भएको समाचार सार्वजनिक भएको भन्दै प्रवक्ता श्रेष्ठले सो घटनाको सत्यतथ्य छानबीन गरी भारतीय पक्षसँग गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारवाही गर्न सरकारको ध्यानकर्षण गराइएको बताए । 


पार्टीले यही साउन ३० गतेसम्म पार्टीका सबै वडासमिति गठन गरी त्यसको यथार्थ विवरण केन्द्रीय कार्यालयमा उपलब्ध गराउन केन्द्रीय सदस्यलाई निर्देशन दिएको छ ।  पार्टी सङ्गठनलाई चुस्त, दुरुस्त तथा व्यवस्थित बनाउन सबै वडासमिति गठन, पुनःगठन गरी यथार्थ विवरण तयार पार्न निर्देशन दिइएको प्रवक्ता जानकारी दिए ।

 यही साउन ३० गते बस्ने केन्द्रीय समितिको बैठकमा सो विवरणसहित आउन निर्देश गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यसअघि यही साउन २० गतेका लागि तय भएको केन्द्रीय समितिको बैठक थप तयारी गर्नुपर्ने भन्दै १० दिन पर सारिएको छ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, सरकार विस्तार एवं आवश्यक तयारीका लागि केन्द्रीय समितिको बैठक पर सारिएको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ