arrow

माओवादीका ४ पदमुक्त भएका सांसदको मुद्धा ‘हेर्न नभ्याइने’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १४ बिहिबार
supreme-court-long.jpg

काठमाडौं । सांसद पदमा पुनर्बहालीको माग राख्दै चारजना पूर्व माओवादी नेताहरूले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइका लागि बिहीबार पेशी तोकिए पनि सुनुवाइ भएन। 

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेशी तोकिए पनि कार्कीले बिहीबारको पेशीमा सो मुद्दालाई ‘हेर्न नभ्याइने’ जनाउँदै सुनुवाइ नै गरेनन्। सर्वोच्च स्रोतका अनुसार बिहीबार कार्कीले एउटा मात्रै निवेदनको सुनुवाइ गरेर बेलैमा इजलासबाट उठेका हुन् ।

पूर्व माओवादी नेताहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशङ्कर चौधरीले सांसद पदमा पुनर्बहालीको माग राख्दै बुधवार सर्वोच्च अदालतमा अलग–अलग रिट दायर गरेका थिए ।आफूहरू एमालेमा प्रवेश नगरेकोले माओवादी केन्द्रमै रहेको उनीहरूको जिकिर छ ।

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि यी चारैजना नेताहरू पद छाड्ने तर ओलीको साथ नछाड्ने भन्दै एमालेतिर लागेपछि उनीहरूलाई माओवादीले कारबाही गरी पदमुक्त गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ