arrow

ओली सरकारमा १८ दिन मन्त्री बनेका राजेन्द्र महतो भन्छन्: ओली प्रतिगमनकारी नै हुन्  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ११ सोमबार
Rajendra-Mahato.jpg.jpeg

काठमाडौं । केपी ओली नेतृत्वको सरकारमा १८ दिन उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका जसपा नेता राजेन्द्र महतोले ओलीलाई प्रतिगमनकारी भनेका छन् । प्रतिनिधिसभा विघटनको समर्थन समेत गरेका महतोले विघटन गर्ने ओलीको कदमलाई प्रतिगामी भनेका हुन् ।

सोमबार निर्वाचन आयोगमा पार्टीको आधिकारिकता विवादमा सनाखत गराउन आयोग कार्यालय पुगेका महतोले भने, ‘केपी ओलीले प्रतिगमन गरेकै हो । हाम्रालागि यो प्रतिगमनकारी संविधान जारी गर्ने सबै प्रतिगामी हुन् ।’

उनले शेर बहादुर देउवा र ओली आफूहरुको बराबरी नै भएको बताए । पार्टी प्राविधिक कारणले विभाजन हुँदा केही असर नगर्ने बताउँदै उनले भने, ‘हामीले माग मुद्दा देउवा र ओली दुवैलाई राखेको थियौं । कांग्रेस, एमाले र माओवादी केन्द्रले प्रतिगमनकारी संविधान बनाएकै हो ।’

ओली सरकारमा जाने महन्थ पक्षको निर्णयकै कारण जसपा विभाजनको अवस्थामा पुगेको थियो । उक्त कारणले जसपाको विवाद निर्वाचन आयोग पुगेको हो । आधिकारिकतासम्बन्धी विवाद आयोगले हेड काउन्टका आधारमा बहुमत परीक्षण .गरी उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ