arrow

मन्त्रीहरुको नामावलीबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ६ बुधबार
mahobadi-kendra.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बुधबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।

आफ्नो पार्टीको तर्फबाट मन्त्रिपरिषद्मा पठाउने नाम, सरकारको आगामी रणनीति र पार्टीको संगठनात्मक विषयमा छलफल गर्न बैठक डाकिएको पेरिसडाँडा स्रोतले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेकाले पार्टीका तर्फबाट पठाउने नामबारे विशेष छलफल गर्न लागिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ